अदालतकी महिला कर्मचारीलाई हातपात गर्ने वकिल पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १३ : ५३
अदालतकी महिला कर्मचारीलाई हातपात गर्ने वकिल पक्राउ

काठमाडौँ। अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् ।ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामिछानेले बुधवार ललितपुर जिल्ला अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको तामाङलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि तामाङले मिसिल बाहिर लैजान नमिल्ने भन्दा उनीमाथि हातपात भएको हो । कानून व्यवसायी लामिछानेको मुक्का प्रहारबाट नासु तामाङको दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ ।कुटपीटलगत्तै पीडित कर्मचारीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छिन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस