सशस्त्र प्रहरीका २ एआईजीको सरुवा

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १२ : २६
सशस्त्र प्रहरीका २ एआईजीको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका २ अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले पुष्पराम केसीलाई कार्यविभागबाट  सिमा सुरक्षा विभागमा, नारायण बहादुर थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको हो । रामशरण पौडेललाई भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस