रोल्पामा छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १० : ४४
रोल्पामा  छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते

रोल्पा  ।  रोल्पामा गएराति बन्चरो प्रहार गर्दा १ व्यक्ति घाईते भएका छन् । रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् ।

राति राति १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भविन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् । घरायसी  बिबादका कारण जानकीले बाबुमाथि बन्चरो प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस