विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १६ : ३१
विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न जिल्लामा शुक्रबार ३ जना पक्राउ परेका छन् । काठमाडौँ, प्युठान र सिन्धुपाल्चोकमा ३ जना मृत फेला परेका हुन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलस्थित निर्माणाधीन घरमा बस्ने नुवाकोट घर भएका ३५ वर्षीय सूर्यबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै प्युठानको झिमरुक गाउँपालिका–४ बाझावाङ बस्ने ४८ वर्षीय हुम बहादुर बस्नेत सोही ठाउँस्थित बाटो छेउमा मृत अवस्थामा फेला परेका छन् भने सिन्धुपाल्चोकको चौतारा साँगाचोकढी नगरपालिका–१ भादगाउँ पनि एक पुरुष मृत फेला परेका छन् ।

मृत पर्नेमा ५० वर्षीय नेत्रबहादुर श्रेष्ठ रहेको प्रहरीको भनाई छ । श्रेष्ठ  सोही ठाउँको घुङरिङ भिर नजिक चिलाउनेको फेदमा मृत अवस्थामा फेला परेका हुन् । तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस