दश वर्षमा ५० लाख पर्यटक : अर्थमन्त्रि खतिवडा

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १६ : ४०
दश वर्षमा ५० लाख पर्यटक : अर्थमन्त्रि खतिवडा


काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले दश वर्षमा ५० लाख पर्यटक भित्र््याउन सकिने दावी गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले ४० प्रतिशत चीन, ३० प्रतिशत भारत र विश्वका अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक भित्रयाउने गरी आवश्यक योजना बनाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिनुभयो । उहाँले तत्काल पर्यटकको संख्या बढाउन विमान सेवा दोब्बर बनाउनुपर्नेमा पनि जोड दिनुभयो । ५ वर्ष पछि भने साना–साना दुरीका रेल सेवा संचालन गरेर पनि पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सकिने अर्थमन्त्री खतिवडाको योजना छ ।

बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन क्षेत्रको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले छिमेकी मुलुक भारत र चीन नै मुलुकमा पर्यटन भित्रयाउन मुख्य आधार भएको पनि स्मरण गराउनुभयो ।
अर्थमन्त्री खतिवडाले पर्यटकहरुका लागि उचित व्यवस्थापन गर्न निजी क्षेत्रलाई कार्ययोजना बनाउन दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । पर्यटकहरुका लागि आवश्यक व्यवस्था गर्न नसक्दा हामीले पर्यटकहरुबाट आर्जन गरिएको ठूलो रकम आवश्यक सामग्री निर्यातमै खर्च गर्नुपर्ने अवस्था भएकाले अव त्यस्तो अवस्था आउन नदिन सरकारले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।
अर्थमन्त्री खतिवडाले पर्यटन क्षेत्रको योगदानलाई बढाउन पूर्वाधार विकास, जनशक्तिको व्यवस्थापनको काममा पनि जोड दिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस