एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेटेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एक, यो चार वर्षमा उनको पहिलो भ्रमण हो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो भ्रमणले चिनियाँ राष्ट्रप्रमुख र एक विदेशी व्यापारिक नेताबीच दुर्लभ भेटघाट हुनेछ ।
“जुन १६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गेट्स फाउन्डेसनका प्रमुख बिल गेट्ससँग बेइजिङमा भेटवार्ता गर्नेछन् ।” चिनिया सरकारी प्रसारक सिसिटिभीले चिनियाँ स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार चीन भ्रमण गर्नुअघि यो बैठक हुन लागेको हो । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले मलेरिया र क्षयरोगविरुद्ध लड्न चिनियाँ प्रयासलाई सहयोग गर्न पाँच करोड अमेरिकी डलर दिने बिहीबार घोषणा गरेको थियो ।
फाउन्डेसनले गेट्स, बेइजिङ नगरपालिका सरकार र सिङ्घुआ विश्वविद्यालयद्वारा स्थापित बेइजिङस्थित समूह ग्लोबल हेल्थ ड्रग डिस्कभरी इन्स्टिच्युट (जीएचडीडीआई) सँग सहकार्य नवीकरण गर्ने घोषणा गरेको छ ।
गेट्स फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो पाँच करोड अमेरिकी डलरले क्षयरोग र मलेरियाजस्ता सङ्क्रामक रोगहरूको लागि जीवनरक्षक उपचारको माध्यमबाट विश्वव्यापी स्वास्थ्य परिणामसुधार गर्ने प्रयासलाई समर्थन गर्नेछ ।”
गेट्स फाउन्डेसनका अनुसार बिहीबार गेट्सले जीएचडीडीआईमा सम्बोधन गर्दै मलेरिया उन्मूलन र गरिबी न्यूनीकरणमा चीनको प्रयासको प्रशंसा गरेका थिए । गेट्सले भने, “चीनले गरिबी घटाउन र स्वास्थ्य परिणाममा सुधार ल्याउन महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।” चीनले विशेष गरी अफ्रिकी देशहरूले सामना गरिरहेका वर्तमान चुनौतीहरू सामना गर्न अझ ठूलो भूमिका खेल्नेछ ।
गेट्सले पछिल्लो पटक सन् २०१९ मा चीन भ्रमण गरेका थिए, उक्त अवसरमा उनले प्रथम महिला पेङ लियुआनसँग एचआइभी÷एड्स रोकथाममा आफ्नो फाउन्डेसनको कामबारे छलफल गरेका थिए ।
गत वर्ष चीनको भ्रमणका क्रममा उनले बेइजिङमा भएको एक मञ्चमा विकासशील मुलुकमा शौचालयको अभावप्रति ध्यानाकर्षण गराएका थिए । यस वर्ष अमेरिकी व्यापारिक नेताहरूले चीनको भ्रमण गरेका छन् र दुई आर्थिक शक्तिबीचको विशाल बजार र व्यापारिक सम्बन्धको बारेमा आशावादी कुरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०१ असार २०८०, १४ : ३२
लेखकबाट थप