चितवन। चितवनमा बागमती प्रदेशका सांसद उत्तम जोशीको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।आफ्नो क्षेत्रको जनताका गुनासा सुन्नका लागि भरतपुर महानगरपालिका–१० स्याउली बजारमा स्थापित कार्यालयको आज (आइतबार) उद्घाटन गरिएको हो ।
सांसद जोशीले कार्यालय स्थापनापछि कार्यसम्पादनमा सहज हुने विश्वास व्यक्त गरे । जनताले आफ्नो क्षेत्रका कुनै पनि समस्या र गुनासा सम्पर्क कार्यालयमा राख्न सक्ने उनले बताए । जनताका गुनासाहरु संकलन गरेर समाधान गरिने उनको भनाइ छ ।
आफू जनताको सेवा गर्नका लागि नै नेतृत्वमा गएको भन्दै उनले आफ्नो कार्याकलभर जनताले आभास गर्ने गरी कार्यसम्पादन र विकास निर्माणमा अघि बढ्ने बताए । जोशी गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा चितवन–२ (ख) बाट निर्वाचित भएका थिए ।
यसैबीच जोशीले स्वास्थ्य मन्त्रीको रुपमा मन्त्रालयमा हुने अनावश्यक खर्च कटौती गर्ने प्रतिबद्धता जनाए । जोशीले आफूले मन्त्रालय सम्हाले लगत्तै केही महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिँदै कार्यान्वयनमा कुनै कमी हुन नदिने उनले बताए । जनताको मन जितेर स्वास्थ्य मन्त्रालय पुगेको भन्दै जनताको मन जित्ने गरी काम गरेर फर्किने दृढताका साथ अघि बढ्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी