भारत। भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार ६०० भन्दा धेरै मानिसहरू अस्पतालमा भर्ना गरिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुर्घटनास्थलतर्फ गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १४ : १९
लेखकबाट थप