मधुमेहका बिरामी के खाने, के नखाने भन्ने द्विविधामा हुन्छन् । किनकि, मधुमेहको मुख्य उपचार भनेकै खानामा सावधानी हो । त्यसैले यस्ता बिरामीले स्वस्थकर खाएर मात्र हुँदैन ।
यी हुन् मधुमेहका बिरामीका लागि उपयुक्त खाना :
बिहान
सलाद, उसिनेको चामल, चनाको दाल, हरियो सागपात, दही वा माछा ।
दिउँसो
भुटेको चना, बदाम, जौ र चनाको सातु, पोलेको मकै, गहु“को चिउरा, फलफूल, लस्सी, मही ।
बेलुकी
रोटी, उमारेको गेडागुडी, गेडागुडीको झोल, हरियो साग र मनतातो पानी ।
अचारमा
पुदिना, हरियो धनिया“, हरियो खुर्सानी, भिजाएको मेथी, लसुन, बेसार र बिरेनुन आदिको अचार ।
सलादमा
बिहानको सलादमा काँक्रो, मुला, करेला, भिन्डी, कागती, सलाद पत्ता र बिरेनुन खानुपर्छ ।
बेलुकीको सलादमा प्याज, लसुन, हरियो धनिया“, लौका, चुकन्दर, बिरेनुनलगायतको प्रयोग गर्नुपर्छ ।
जुस
बिहानको जुसमा लौका, तुलसी पातको रस एक–एक गिलास खान सकिन्छ । त्यस्तै पुदिना, हरियो धनियाँको रस एक–एक चम्चा र कागतीको रस प्रयोग गर्न सकिन्छ ।
चियामा
मधुमेहका बिरामीले जैविक हरियो चिया, दालचिनी र तुलसी चिया प्रयोग गर्नुपर्छ ।
रोटीमा
गहुँ, फापर, चना, मेथीको पिठोको रोटी खान सकिन्छ । यस्तो पिठो पिसेपछि ३० दिनभन्दा बढी राख्नुहुँदैन ।
खान हुँदैन
रातो मासु, घिउ–तेलमा डुबाएर पकाएको खानेकुरा, पुरानो अचार, अमिलो, पिरो, चिल्लो, चिसो, चिनी, समुद्री नुन, प्रशोधित तेल, धूम्रपान, मद्यपान र लागुपदार्थ । -नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस