चितवन। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशिल कोइराला जस्तै आफू पनि बेदाग मन्त्रालयबाट बाहिरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।१६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनद्वारा आज आयोजित सहीद परिवार सम्मान तथा विचार विमर्श कार्यक्रममा मन्त्री जोशीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले सबै क्षेत्रमा हुने भ्रष्टचार विरुद्ध सबै एक जुट हुनुपर्ने नागरिक समाजले भष्टचार बिरुद्ध खबरदारी गरिरहनुपर्ने बताए । उनले गणतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा घाइते र सहीद परिवारलाई सम्मान गरेका थिए । उनले भने, ‘बागमती प्रदेशमा जनताले प्रत्यक्ष महसुस हुने गरी काम गर्छु । पूर्वप्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र सुशिल कोइराला जसरी कार्यकाल सकेर बालुवाटारबाट निस्कनु भयो आफू पनि त्यसरी नै बेदाग प्रदेश स्वाथ्य मन्त्रीबाट बारिरिने प्रतिबद्धता गर्छु ।’ उनले गणतन्त्रमा सेवाग्राहीलाई छिटो र सहज हुने गरी काम गर्न सरकारी कार्यालयहरुलाई निर्देशन पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी