बेंगलुरु । कर्नाटकका भाजपाका एक विधायकले आफु देशको गृहमन्त्री भएको भए सबै बुद्धिजीविहरुलाई गोली हान्ने आदेश दिने बताएका छन् ।
यो कुरा भाजपा विधायक बासनगौडा पाटिल यतनालले बताएका हुन् । उनी विजयपुरा विधानसभाबाट विधायक हुन् । बासनगौडाले ‘करगिल विजय दिवस’मा आयोजित एक कार्यक्रमको क्रmममा देशको बुद्धिजीविहरुलाई देशद्रोही पनि घोषणा गरे ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बासनगौडाले बुधवार भएको एक कार्यक्रममा भने, “बुद्धिजीवी यही देशमा बसेर, हामीले तिरेको करबाट सबै सुबिधाहरु प्रयोग गर्छन् । फेरी उनीहरु भारतीय सेनाविरुद्ध नाराबाजी गर्छन् । भारतलाई यस्तो मानिसहरुबाट खतरा रहेको छ ।”
उनीले अगाडि भन्छन्,“ यदी म गृहमन्त्री हुन्थेँ भने यस्तो बुद्धिजीविहरुलाई गोली हान्ने आदेश दिन्थँे ।’ यस भनाई पछि राज्यमा सत्तारुढ रहेका काङ्ग्रेस र जेडी(एस)का सांसदहरुले बासनगौडालाई कारबाहीको माग गरेका छन् । बासनगौडाले यो पहिलो विवादित बयान भने होइन । पछिल्लो महिना उनको एक भिडियो सार्बजनिक भएको थियो जसमा उनले हिन्दुले मात्र काम गर्नु आवश्यक भएको, मुस्लिमहरुले काम गर्नु नपर्ने बताएका थिए ।
भिडियोमा बासनगौडाले पत्रकारहरुलाई पनि हिन्दूहरुको पक्षमा कुरा गर्नु गलत हो र भनेर प्रश्न गरेको देखिन्छ । बासनगौडा अटल बिहारी वाजपेयी सरकारमा कपडा उद्योग र रेल राज्य मन्त्री पनि रहिसकेका छन् । उनी सन् १९९४ देखि १९९९ सम्म विधायक रहे । त्यसपछि सन् १९९९ देखि सन् २००९ सम्म बीजापुर लोकसभा सीटबाट सांसद रहे ।
बासनगौडा सन् २०१० मा भाजपा छाडेर जेडी(एस)मा सामेल भएका थिए । तर पछि विधानसभाv चुनाव भन्दा केही अघि भाजपामा फर्किएका थिए । सन् २०१५ मा पाटिलले विधान परिषदको चुनाव स्वतन्त्र रुपमै उठेर जितेका थिए । त्यसपछि हालै भएको विधानसभा चुनावमा भने भाजपाको टिकटमा विजयपुराबाट चुनाव जितेर विधानसभा पुगे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ साउन २०७५, ११ : ५६
लेखकबाट थप