काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ ।
आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।
दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज