मस्को । युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ ।
युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ् अवस्थामा गएको यो सातौं घटना भएको जनाएको छ । एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ ।
“यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,” एनरगोएटमले चेतावनी दिएको छ ।
यसैबीच, निप्रो क्षेत्रका गभर्नरले रातभर हवाई आक्रमण भएको र चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताएका छन् । दक्षिणपूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजझियामा यसपहिले पनि रूसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ ।
यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुचारु भएको थियो । जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्नेगरेको शक्तिशाली विद्युत गृह हो । सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रूसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बावजुद काम जारी राखेको थियो ।
प्लान्टको ६ वटा सोभियत–युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रिएक्टरहरू चिसो गर्र्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाइृ युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ जेठ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार
युक्रेनबाट २ जना नेपालीको उद्धार
अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
दुई उत्तर कोरियाली सैनिकलाई रुसबाट युद्धबन्दीको रूपमा कब्जा गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते