काठमाडौ । यार्सा संकलन गर्दै गर्दा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
आइतबार हिउँ पहिरो मा परि यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका ११ घर भएका बर्ष १८का रमिता धामी र बर्ष १४ का जामती धामी बेपत्ता भएका थिए । हिजो देखि हिउँ पहिरोमा परि बेपत्ता भएका उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ का डियसपि जागेश्वर भण्डारी ले बताए ।
यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरो मा परि सुर्मा गाउँपालिका ३ का ३८ वर्षिया रामकोइला देबि बोहराको हिजो नै शव फेला परि सकेको र आज फेरि बेपत्ता भएका २ जनाको शव फेला परेको उनको भनाइ छ ।
सोमबार सम्म हिउँ पहिरोमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । सुर्मा गाउँपालिका ३ बर्ष ४० का बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका बर्ष १४ का आकाश धामी घाइते भएका छ्न ।
बझाङमा बर्सेनि यार्सा संकलन गर्दै गर्दा हिउँ पहिरो तथा भिरबाट खसेर धेरैले ज्यान गुमाउनु परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई राहत सहयोग