देउवा–आरजुका एक्ला छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, २० : ३१
देउवा–आरजुका एक्ला छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’

काठमाडौं । आमा आरजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिदै गर्दा छोरा जयवीरसिंह देउवाले भने इन्गेजमेन्ट गरेका छन्। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजुका एक्ला छोरा हुन् ।

स्रोतले बताएअनुसार जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरिसकेका छन् हुन्। बिहे भने केही पछि गर्ने तयारी गरिएको छ । शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने चाँजो पाँजो मिलाइएको बताइएको छ । तर, बाहिर भने सार्वजनिक भइसकेको छैन ।

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन।’

प्रतिक्रिया दिनुहोस