रसुवामा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो, १० जनाभन्दा बढी बेपत्ता

सफल खबर संवाददाता

विहीबार, १० साउन २०७५, ०९ : २५
रसुवामा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो, १० जनाभन्दा बढी  बेपत्ता

रसुवा ।  पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको ज्यान गएको छ ।  सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको पहिचान खुलन सकेको छैन ।

पहिरोमा १० जना भन्दा बढी मानिस हराइरहेका छन् । हराएकाको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दियो ।

उद्दारका लागि स्काभेटर र डोजरको प्रयोग गरिएको छ । राति एक बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उपचार भइरहेको छ ।

पहिरोले अन्य क्षति समेत पु¥याएको छ । केही घरहरु पुरिएका छन् । साथै पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रहरीले बताएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस