मदन–आश्रित स्मृति फुटबल प्रतियोगितामा ६० टिम सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १३ : १३
मदन–आश्रित स्मृति फुटबल प्रतियोगितामा ६० टिम सहभागी

काठमाडौं।मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता भोलिबाट शुरू हुने भएको छ ।नेकपा एकीकृत समाजवादी निकट  ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुने प्रतियोगितामा ६० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरूको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस