एजेन्सी । पाकिस्तानमा जारी व्यापक विरोध र आन्दोलनकाबीच बन्द गरिएको इन्टरनेट सेवा फेरि सञ्चालनमा आएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मोबाइल डाटा सेवा पुनःस्थापित भएपनि मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा भने प्रतिबन्धित नै रहेको हाे। पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक विरोध प्रदर्शन चर्किएको थियो ।
त्यसपछि पाकिस्तान सरकारले मे ९ मा ट्वीटर, फेसबुक र युट्युबमाथि प्रतिबन्धसहित इन्टरनेट सेवामा रोक लगाएको थियो। चौतर्फी दवाव बढेसँगै ४ दिनपछि पाकिस्तानको गृह मन्त्रालयले पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)लाई प्रतिबन्ध हटाउन आदेश दिएको थियो ।
मन्त्रालयले नियामकलाई यी सामाजिक सञ्जाल प्लेटफर्महरुको पहुँच खुला नगर्न निर्देशन दिएका कारण प्रतिबन्धित नै रहेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ बैशाख २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज