काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बुले ‘एक घर: एक स्काउट’को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारे ।
नेपाल स्काउटले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार बनाउन सहज हुने स्मरण गराए ।
मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १३ : ४३
लेखकबाट थप