इपिएल क्रिकेटमा विराटनगरको रोमाञ्चक जित

मंगलबार, ०४ पुस २०७४, १६ : ५९
इपिएल क्रिकेटमा विराटनगरको रोमाञ्चक जित

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा बिराटनगर वारियर्सले ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानले नेतृत्व गरेको टिमको भिडन्त थियो, जसमा पारस खड्काले बाजी मारे ।

उनको टिमले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । ललितपुरलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरिरहेका थिए ।

तर, करण केसीको कसिलो बलिङ र बिराटनगरको चुस्त फिल्डिङका कारण कुसलले टोलीलाई जित दिलाउन सकेनन् । उद्यपि उनले अन्तिम बलमा छक्का हानेका थिए ।

कुशल २१ रनमा अविजित रहँदा ओपनर पवन सरार्फले अर्धशतक बनाए । उनले ४७ बलमा ५१ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । उसका लागि अनिलकुमार साहले ४७ रन बनाए भने कप्तान पारसले ३८ र बाबर हायातले ३४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस