एका एक किन ब्रेक लाग्यो सुन तस्कारी छानबिन, मूख्य दोषीको ?

शनिबार, ०५ साउन २०७५, १३ : २७
एका एक किन ब्रेक लाग्यो सुन तस्कारी छानबिन, मूख्य दोषीको ?

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्माले तत्काललाई सुन तस्करी प्रकरणमा कारवाही रोक्न समितिलाई निर्देशन दिएको भन्ने सामाजिक सञ्जालहरुमा भाईरल भएको छ ।
३३ किलो सुन तस्करी प्रकरणको छानबिन कहाँ पुग्यो भन्ने सबैको आम चासोको विषय हो । सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली नै असन्तुस्ट रहेको र उनले छानबिन नै रोक्न निर्देशन दिएको विषयमा छानबिन समितिका एक सदस्यले भने प्रधानमन्त्रीले छानबिन नै रोक त भन्नु भएन तर उनको आशय रोक्ने भन्ने तर्फ नै केन्द्रीत थियो ।

गृह मन्त्री रामबहादुर थापाले जसरी भएपछि छानबिन गर्न र दोषीमाथि कडा कारवाही गर्न निर्देशन दिएको भन्ने समाचार आइरहेको बेला प्रधानमन्त्री ओली नै किन त्यता तर्फ लागे भन्ने विषय सन्देहको घेरामा परेको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई पक्राउ गर्न छाडेर छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

मूल कारण र व्यक्तिमा नै नपुगी प्रतिवेदन बुझाउने तयारी गरिएपछि सुन तस्करहरु छुट्ने अनुमान गरिएको छ । सुन तस्करीमा उच्च राजनीतिक नेतृत्व समेत सहभागी रहेको भन्ने सुराक छानबिन समितिलाई प्राप्त भएको छ ।
समितिका सदस्यहरुका अनुसार तत्कालीन अर्थमन्त्री डा रामशरण महत, नेपाल प्रहरीका पूर्व महानिरिक्षक प्रकाश अर्याल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पत्नी आरजू राणा समेत सुन तस्करीमा संलग्न रहेको बताइन्छ ।

यस्तै पूर्व एमालेका केही नेता समेत सुन तस्करीमा तानिने सम्भावना रहेको पाइएपछि प्रधानमन्त्रीले सुन प्रकरण छानबिनमा नै रोक लगाइदिएको हुन सक्ने बताइन्छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले टोलीले सुन तस्करीको समग्र पक्षका बारेमा मिहिन अनुसन्धान गरेको थियो ।
त्यसमा व्यापारी, राजनीतिक नेतृत्व, प्रहरी सबैलाई कानुनी दायरामा ल्याउने प्रण समेत समितिले गरेको थियो । तर एकाएक समितिको छानबिन प्रक्रिया नै रोकिएको छ । बरु अपुरो प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।
समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरूलाई पनि गिरफ्तारी गनुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए ।

तर प्रधानमन्त्रीले मान्छे मात्रै पक्रने, सुन चाही फेला नपर्ने, सुन कहाँ गयो ? सुन किन फेला परेको छैन भन्दै अनेकन प्रश्न गरेका थिए । उनले तत्काल सुन कहाँ छ पत्ता लगाउन भनेका थिए । प्रधानमन्त्रीसँग  अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने समितिको आग्रह थियो ।
तर पोद्दार व्यसायी दिपक मल्होत्राका नजिकका साझेदार हुन् । मल्होत्रा पूर्व एमालेका नेताहरुसँग विशेष सम्बन्ध भएका व्यवसायी हुन् । मल्होत्रा तर्फ अनुसन्धानको मात्रा अगाडि बढ्दा पूर्व एमालेका नेता समेत तानिने अवस्था आएपछि सुन समितिलाई अनुसन्धान रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको हुन सक्ने सम्वद्ध पक्षको भनाइ छ ।

समितिको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि प्रकट भएको जस्तो देखिएको छ , प्रष्ट रुपमा विषयहरु सार्वजनिक नभएपनि केही पूर्व एमालेका नेता तथा कार्यकर्ता समेत सुन प्रकरणमा तानिन सक्ने अवस्था आएपछि प्रधानमन्त्रीले छानबिन रोक्न निर्देशन दिएको हुन सक्ने बताइन्छ ।

तर प्रधानमन्त्रीले नै किन छानबिन रोक्न भने र समिति किन प्रतिवेदनको तयारीमा लाग्यो भन्ने बारेमा हालसम्म आधिकारिक रुपमा भने कोही कसैले केही बताएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने समितिलाई प्रभावकारी रुपमा काम गर्न र दोषी कोही कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस