काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनशनरत डा. गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । २१ दिन देखि अनशन बसिरहेका डा. केसीलाई विहीवार(हिजो) जुम्लाबाट काठमाडौं ल्याइएपछि देउवा केसीलाई भेट्न शुक्रवार(आज) अस्पताल पुगेका हुन् ।
भेटपछि प्रतिक्रिया दिँदै देउवाले डा. गोविन्द केसीले उठाएका माग तत्काल पूरा गरेर उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यायदेश अहिलेको सरकारलाई हुबहु कार्यान्वयन गर्न समेत माग गरे ।
उनले आफ्नो सरकारले अध्यायादेश जारी गरेर केसीका माग पुरा गर्न सुरु गरेको बताउँदै सो अध्यायदेशलाई अहिले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले डा.केसीले उठाउनुभएको मेडिकल कलेज सञ्चालनको मुद्धा समेत सही भएकोले सोही अनुसार सरकारले विद्येयक पास गर्नुपर्नेमा जोड दिएका थिए । देउवाले डा. केसीका माग पूरा गर्न जनस्तरबाट समेत सहयोग आह्वान गरेका थिए ।
डा.केसीलाई कांग्रेसले उचालेको आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले डा. केसी कसैले उचालेर उचालिने मान्छे नभएको दाबी गरेका थिए । अनसनरत डा.केसीले भने आफ्नो माग पुरा नभएसम्म अनसन जारी राख्ने अठोट गरेका छन् । उनले माग पुरा नभएसम्म सरकारले उपलव्ध गराउने भनिएको स्वास्थ्य सेवा समेत नलिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०७५, १७ : ५८
लेखकबाट थप