काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एकपछि अर्को घोषणा गरेका छन् । शनिबार बिहान पहिलो स्टाटसबाट सिंहदरबारको फोहोर अब नउठाउने घोषणा गरेका उनले पुन अब संघीय सरकारलाई कुनै पनि इज्जत नगर्ने घोषणा गरेका हुन् ।
उनले अर्को अर्को फेसबुक एकाउण्टमार्फत स्टाटस लेख्दै भारत र चीनले बनाएको सरकार भएको टिप्पणी गर्दै कुनै प्रकारको इजत नगर्ने उनले बताएका हुन् ।त्यस्तै उनले नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन भन्दै खुलमखुल्ला प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘इन्डिया र चीनले बनाएको सरकारको कुनै इजत गर्दिन म । नेपाल कहिले स्वाधिन हुने ? आफ्नो अस्थित्व कहिले बनाउने ? लाज लाग्दैन ?’उनले यसअघि भनेका थिए, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’
प्रमुख शाहको यो घोषणालाई गृहमन्त्रालयले सुकुम्बासी बस्ती हटाउन असहयोग गरेको विषयगँग जोडिएको अनुमान गर्न सकिन्छ । किनकी शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा केन्द्र सरकारबाट महानगरलाई असहयोग गरेको थियो ।
यसैको बदलास्वरुप उनले यसखालका अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको प्रश्न : स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश किन चाहियो ?
गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ : बालेन साह
अघिल्लो आवको कार्यक्रम कार्यान्वयन गर्न बालेनले गराए संघीय सरकारको ध्यानाकर्षण
होली उत्सवमा बालेन साहले गाए र्याप
सरकारप्रति म आशावादी छु : बालेन साह
बालेनको रिट निवेदन खारेज