बारको नयाँ नेतृत्वका लागि पीएलएको उम्मेदवारी घोषणा

मंगलबार, ०१ साउन २०७५, १९ : ३५
बारको नयाँ नेतृत्वका लागि पीएलएको उम्मेदवारी घोषणा

चितवन । बार एशोसिएसन चितवनको नयाँ नेतृत्वका लागि पेशागत तथा प्रगतिशील कानुन ब्यवसायी संगठन (पीएलए) ले उम्मेदवारी घोषणा गरेको छ ।
पीएलए) ले  यहि साउन २५ गते हुन लागेको २० औं अधिवेशनका लागि कमलराज पाठकको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सहितको प्यालन घोषणा गरिएको छ । 

भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै पीएलएले उपाध्यक्षमा हरिबहादुर मैनाली, सचिवमा धर्मेन्द्र थापा, कोषाध्यक्षमा सूर्यबहादुर बोहोरा, सहसचिबमा सरिता सापकोटालाई उम्मेदवार बनाएको छ ।

सदस्यहरुमा शिवप्रसाद लौडारी, शिवराम महतो, तुलसीराम पाण्डे, नारायण गिरी, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी,विकास गुरुङ र महिला सदस्यमा भवानी लोहनी छन् । 

वामपन्थी निकट कानुन व्यवसायहिरुका संगठन पिएलएले ९ सदस्यीय पार्षदको घोषणा गरेको छ । पीएलएका तर्फबाट केन्द्रीय पार्सदमा भोलानाथ नेपाल, जनकराम पौडेल, बद्रीनाथ पण्डित, सपी मिया, खेमराज बराल, कृष्णप्रसाद पन्त, कृष्णप्रसाद भण्डारी, केशवराज तिवारी र लक्ष्मी गौलीलाई उम्मेदवार बनाईएको छ ।

२० औ अधिवेशनमा भारी मतका साथ पीएलएका उम्मेदवारले विजयी हात पार्ने पीएलएले दाबी गरेको छ । अघिल्ला अध्यक्षहरुको कार्यसम्पादनका कारण यस पटक पनि हामी नै जित्छौ , अध्यक्ष पदका उम्मेद्वार कमलराज पाठकले भने ,“यस पटक पनि बहुमतका साथ निर्वाचनमा विजयी हुन्छौ । कानुन व्यवसायीहरुको हतहितका लागि पीएलए विकल्प छैन् ।”

स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र मानवअधिकारको रक्षाका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । अदालतसँगको सम्बन्ध सुधारका साथै नयाँ कानुन व्यवसायीको क्षमता विकास र बारको भौतिक संरचना विकासमा जोड दिने पाठकको भनाइ छ ।
यसै बिच प्रजातन्त्रवादी कानुन व्यवसायी संगठनले बारलाई साझा संगठनको रुपमा अघि बढाउन डिएलएको नेतृत्व आवश्यक रहेको बताएको छ । डिएलएले यहि साउन ४ गते नयाँ नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्दै छ ।

यस पटक डीएलएको तर्फबाट अध्यक्षमा सिताराम अधिकारी , निलकण्ड अधिकारी , लक्ष्मी पाठकको चर्चा छ । पीएलएले अदालत र बारको बीचमा समन्य गर्न असक्षम भएकाले अबको नयाँ नेतृत्व डिएलएले हात पार्ने उनीहरुको तर्क छ । 
 

प्रतिक्रिया दिनुहोस