प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, ०७ : ४२
प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो । त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस