काठमाडौ। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले लिगमा पहिलो जित दर्ता गर्दा नेपाल पुलिस क्लब भने चौंथो खेलमा पराजित हुन पुगेको छ।
मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा पुलिसलाई २-१ ले पराजित गर्दै मच्छिन्द्रले जितविहिन यात्राको अन्त गरेको छ।
मच्छिन्द्रको जितमा दुबै गोल ओलावाले अफिजले गरेका थिए। पुलिसका लागि अञ्जन राइले गोल गरेका थिए। अघिल्ला तीन खेलमा जित निकाल्न नसकेको मछिन्द्रले चौथो खेलमा पनि सुरुवातमा १-० ले पछि परेको थियो। तर अग्रता जोगाउन नसक्दा पुलिस खेलमा पराजित हुन पुग्यो।
पुलिसका लागि अञ्जन राईले नवौं मिनेटमा गोल गर्दै विभागिय टिमलाई अग्रता दिलाएका थिए। तर खेलमा फर्किने क्रममा मछिन्द्रका लागि आफिजले २० औ मिनेटमा बराबरी गोल फर्काए।
पहिलो हाफमानै अग्रता लिने क्रममा ४० औ मिनेटमा आफिजले ब्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए। दोस्रो हाफमा दुबै तर्फबाट थप गोल हुन नसक्दा मच्छिन्द्रले लिगमा पहिलो पटक ३ अङ्क जोड्न सफल भयो। लिगमा मछिन्द्रले चार अंक जोडेको छ भने पुछारको पुलिस अंकविहीन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०६ : ५६
लेखकबाट थप