काठमाडौँ । एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ भने यसमा सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १२ : ०७
लेखकबाट थप