काठमाडाैं । रुसले युक्रेनको राजधानी किएभका साथै खार्किभ र ओडेसामा समेत क्षेप्यास्त्र आक्रमण गरेपछि ती ठाउँहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । किएभका मेयर भिताली क्लित्स्कोले शहरको दक्षिणी भागमा विस्फोट भएको अनि लगभग १५ प्रतिशत घरहरूमा बिजुली नरहेको बताए ।
युक्रेनको ऊर्जा सञ्चालक डीटीएकेको किएभ डिभिजनले शत्रुको आक्रमणका कारण आकस्मिक विद्युत् सेवा प्रवाह गरिएको जनाएको छ । खार्किभमा रुस सीमानजिक १५ वटा आक्रमण गरिएको त्यहाँका गभर्नर ओलेग सिनेगुबोभले बताएका छन् ।
खार्किभको प्रमुख शहरका मेयर इगोर तेरेखोभले ऊर्जा पूर्वाधारलाई तारो बनाइएको अनि शहरका केही भागमा विद्युत् आपूर्तिमा समस्या आइरहेको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोले पनि ऊर्जा संरचनामा विशाल संख्यामा क्षेप्यास्त्र प्रहार गरिएको र आवासीय भवनहरूमा क्षति पुर्याइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार
युक्रेनबाट २ जना नेपालीको उद्धार
अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
दुई उत्तर कोरियाली सैनिकलाई रुसबाट युद्धबन्दीको रूपमा कब्जा गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते