चितवन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिबितै उद्धार गरेको हो ।
हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
नारायणीमा गोही खोज्दा भेटियो डल्फिन