काठमाडौं । हात्तीपाइले रोगबिरुद्ध औषधि सेवन अभियान सुरु भएको छ ।
आजदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तीपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु भएको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।
जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रधेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०७ : ४०
लेखकबाट थप