२८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १४ : ४१
२८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जगेडामा रहेका २८ जना उपसचिवहरूको सरुवा गरेको छ । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी नपाएका उपसचिवहरूलाई बुधबार मन्त्रालयले सरुवा गरेको हो ।

मन्त्रालयले सरुवा भएका २८ जनामध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमध्ये मधेस प्रदेशका २२ वटा स्थानीय तहमा उनीहरूलाई सरुवा गरेको हो । सुर्खेत, बझाङ र डोल्पाका नगरपालिकामा एक/एक जना उपसचिव पठाएको छ भने २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ गरेका छन्। उनले अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाउने काममा प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस