कांग्रेसले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, १४ : २९
कांग्रेसले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ ।

संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।

प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ । यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस