काठमाडौँ । नेपालका लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर सार्वजनिक गरेको छ ।
‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न कम्पनीले योजनाहरु बजारमा ल्याउँदै आएको जनाएको छ ।
अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र । हुण्डाइका यी गाडी नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ । यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।
विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको विक्री वितरणमा हुण्डाईले थापाथलीमा शोरूम संचालन गरेर नयाँ कारोबार गर्दै आएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा समेत दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १५ : ३१
लेखकबाट थप