डा. अनिलविक्रम कार्कीको नेतृत्वमा यस्तो बन्यो नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति

सफल खबर संवाददाता

बुधबार, २५ माघ २०७९, ११ : ०६
डा. अनिलविक्रम कार्कीको नेतृत्वमा यस्तो बन्यो नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति

काठमाडौं । डा. अनिलविक्रम कार्कीको नेतृत्वमा नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । मंगलबार सम्पन्न मतगणनाबाट नयाँ कार्यसमितिको टुंगो लागेको हो ।

लोकतान्त्रिक समूहका डा. कार्कीले प्रगतिशील समूहका डा। सन्तोष पौडेललाई एक हजार २१४ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएको संघले जनाएको छ ।
महासचिवमा डा. सञ्जीव तिवारी निर्वाचित भएका छन् । उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरजकुमार सिंह, उपाध्यक्ष तथा वाग्मती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा  डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट निर्वाचित भएका छन् ।

सदस्यहरूमा लोकतान्त्रिक समूहका डा. अमितरञ्जन मिश्र, डा। किशोर खत्री, डा. सिर्जना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिनकुमार यादव र डा. स्मृति महत निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश नम्बर–१ संयोजकमा डा. विपेश आचार्य, कोषाध्यक्षमा डा. प्रमोद जोशी,  सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन यसअघि नै सर्वसम्मत रूपमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस