करेन्ट लागेर नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

आइतबार, २४ असार २०७५, १६ : १८
करेन्ट लागेर नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ  ।  धादिङबँेसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । 
नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । 

खेतमा पानी लगाउन लाग्नुभएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबँेसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस