काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार तयार रहेको बताएका छन। प्रवासी नेपाली मञ्ज अमेरिकाले गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरे।
रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताए।रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा अबैधानिक च्यानलबाट भित्रिरहेको भन्दै वैधानिक च्यानलबाट भित्राउनका लागि लिनु पर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
गैरआवासीय नेपालीले उठाएका नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्ति सम्बन्धी संवेधानिक व्यवस्था कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए ।
यस व्यवस्थासँगै नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुने पनि उनको विश्वास छ । वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह गरेकोप्रति गैरआवासीय नेपालीले गुनासो गर्दै आएका छन् । यस विषयलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै
अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी छैन : अर्थमन्त्री पौडेल