राष्ट्रियसभा बैठकमा काँग्रेस : निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्

शुक्रबार, २२ असार २०७५, १४ : २९
राष्ट्रियसभा बैठकमा काँग्रेस : निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्

काठमाडौँ  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । 

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताउनुभयो । 

उहाँले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गर्नुभयो । 

सांसद देवले भन्नुभयो, “पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन । दम्भ र घमण्ड नपालौँ, नराखौँ, मुठभेडको राजनीतिक अन्त्य गरौँ ।”  (रासस)

प्रतिक्रिया दिनुहोस