काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ।
मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशतसम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो ।
राष्ट्र बैंकले २०७८ पुस र माघमा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरुमा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
नियामकीय व्यवस्था उल्लंघन गर्ने दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका संशोधन, बैंकले ब्याजलाई नाफामा देखाउन पाउने
पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक
कर्जा नतिर्ने निर्माण व्यवसायीलाई मंसिरसम्म कालोसूचीमा नराखिने