काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि पार्टीको निर्वाचन समितिले आज निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसपा नेपालको संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवले दाबी गरेका छन् ।
आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ । भोलि हुने निर्वाचनका लागि जसपा नेपालका मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व