काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताए । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।
उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागीताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भएरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए ।
उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए । उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्य पनि गरे । उनले आगामी बैठक २६ पुस बिहान बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, २२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानसिक रोग नेपालमा चुनौती बन्दैछ : मन्त्री बस्नेत
गंगालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठान बनाइने
सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक पर्छ : मन्त्री बस्नेत
बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत
डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको स्वास्थ्यमन्त्री बस्नेतको आरोप