गृहमन्त्री लामिछानेको नागरिकता विवादः सर्वोच्चको आदेशमा के छ ? [पत्रसहित]

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १९ : ३३
गृहमन्त्री लामिछानेको नागरिकता विवादः सर्वोच्चको आदेशमा के छ ? [पत्रसहित]

काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ ।

सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । 

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । बिहीबार अन्तरिम आदेश दिने या नदिने विषयमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले लामिछानेको पद यथावत रहने आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस