काठमाडौँ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।
मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, “जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्धा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाईदैन । यसले के देखाउछ भने यहाँ कुनै नैतिकता छैन । विदेशी नागरिकलाई नेपालको गृहमन्त्री बनाउन भनेको नेपाल र नेपालीमाथि गम्भीर घात हो ।” उनले अदालतको फैसाला आएपछि मन्त्री बनाइनु स्वाभाविक भएपनि सत्ताको लागि अन्य नेताहरुले गल्ती गरेको बताए ।
त्यसैगरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्रष्टाचार निवारण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छानविनमा उनी आफै पर्ने दाबी गरे । उनले आफूसँग नाम जोडिएर मृत्यु भएका सालिकराम पुडासैनीलाई न्याय दिन सक्नु र अदालतको फैसालले निर्दोष सावित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिए ।
सच्चा कम्युनिस्ट पार्टीबीच एकता आवश्यकता रहेको बताउँदै संयोजक बास्तोलाले सरकारभित्र रहेका कम्युनिस्ट पार्टीले देश र जनतालाई भ्रम छरेको बताउँदै सबैले गल्ती स्वीकार गरी नयाँ आधारमा एकता आवश्यकता रहेको बताए । संसदवादी पार्टीप्रति जनताको निरासा र वितृष्णा रहेको चुनावले देखाएको बास्तोलाले बताए । “चुनावमा खसेको मतलाई हेर्दा यो व्यवस्थाप्रतिको जनताको तीब्र असन्तुष्टि रहेको पुष्टि गर्छ । संयोजक बास्तोलाले अहिले सरकारमा गएका व्यक्तिहरुले आम नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए । जनताको बहुमतबाट चुनिएको व्यक्तिलाई मात्रै शासन गर्ने अधिकार हुने उनले बताए ।
एक अर्को प्रसंगमा बोल्दै बास्तोलाले नेपाल राष्ट्र बैंकले विदेशी दलाल पुँजिपति वर्गको सेवा गरेकै कारण देशमा आर्थिक संकट पैदा भएको बताए । उनले भने, “नाममात्र नेपाल राष्ट्र बैंक हो, नामले नेपालको मानिएपनि काम भने विदेशी दलाल वर्गको गरिरहेको छ ।भेलाले खेप थपलियाको अध्यक्षतामा ९९ सदस्यीय समिति चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी ज्यान मुद्दामा नेता धर्मेन्द्र बास्तोला दोषी ठहर