भाटभटेनीमा सपिङ गर्दा होशियार, चेञ्जिङ रुममा कपडा फेर्दा हुनसक्छ तपाइँको नाङ्गो फोटो तयार

आइतबार, १७ असार २०७५, १४ : ५१
भाटभटेनीमा सपिङ गर्दा होशियार, चेञ्जिङ रुममा कपडा फेर्दा हुनसक्छ तपाइँको नाङ्गो फोटो तयार

काठमाडौँ । के तपाइँ सपिङका लागि भाटभटेनी सुपर स्टोरमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने होशियार, कपडा मिल्छ कि मिल्दैन भनेर तपाइँ चेञ्जिङ रुममा छिरेपछि त्यहाँभित्रको दृश्य सिसिटिभी क्यामेराको माध्यमबाट कम्प्युटरमा सुरक्षित हुन्छ । तपाइँले सपिङ सकेर बाहिर निस्कन नपाउँदै तपाइँको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल हुन बेर लाग्दैन ।
भाटभटेनी सुपर स्टोरको अनामनगर आउलेटमा टिसर्ट छानेर चेञ्जिङ रुममा छिरेकी सुमित्रा आचार्य (नाम परिवर्तन) ले चेञ्जिङ रुमको छत ह्वाङ्गै देखेर चकित भइन् । छतको भाग खुल्ला रहेको चेञ्जिङ रुमबाट सिसिटिभी क्यामरा छर्लङ्ग देखिन्थ्यो । यसको अर्थ चेञ्जिङ रुमभित्रका गतिविधि सिसिटिभी क्यामरामा कैद हुने गरेको थियो । केही पुरानो यो घटनाले भाटभटेनीले चेञ्जिङ रुममा सिसिटिभी क्यामराको प्रयोग हुने गरेको खुलासा भएको छ ।
भाटभटेनी सुपर स्टोर अनामनगरका एक जना कर्मचारीले चेञ्जिङ रुमभित्रका गतिविधि सिसिटिभी क्यामरामार्फत् कम्प्युटर मनिटरमा हेर्ने गरिएको स्वीकार गरे । आफ्नो नाम नबताउने शर्तमा उनले भने, ‘चेञ्जिङ रुममा कपडा फेरेको भिडियो लुकीलुकी हेरियो । त्यो भिडियो बाहिर लिक हुने गरेकोचाहिँ छैन ।’

प्रतिक्रिया दिनुहोस