भाटभटेनी सुपरमार्केटको सुपर लुट धन्दा , सपिङ गर्दा याद राख्नुहोस्

विहीबार, २९ चैत्र २०७४, २० : ०४
भाटभटेनी सुपरमार्केटको सुपर लुट धन्दा , सपिङ गर्दा याद राख्नुहोस्


काठमाडौं । भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न धेरैले मन पराउछन् । कारण हो कम समयमा सबै किनमेल एकै ठाउँमा गर्न सकिने । पछिल्लो समय नेपालका मुख्य शहरमा सुपरमर्केटहरु खोलिएका छन् ।
त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु , ध्यान दिनुस् नत्र ठगिनु होला।शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ । स्टोर बन्द हुने बेला भइसकेको थियो । काउन्टरमा बसेकी कर्मचारीले एक एक गर्दै सबै सामानको कोड रिडिङ गर्दै कम्प्युटरमा इन्ट्री गर्दै बिल निकालिन्छ ११ हजार ४ सय ८९ रुपैयाँ ९६ पैसा।
हामीले डेबिट कार्डबाट भुक्तान र्गयौँ र सामान लिएर निस्कियौँ। भोलिपल्ट बिहान घर पुगेर बिल हेर्दा पो झसङ्ग भइयो। बिलको २५ औँ नम्बरमा ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसाको सामान रहेछ । एउटाको ४०७ रुपैयाँ पर्ने सामान १२ यो गिलास ६ वटा भएको सेटको ४०७ रुपैयाँ ८ पैसा मूल्य हुनुपर्नेमा उसले त एउटाकै ४०७ रुपैयाँ इन्ट्री गर्दै छरछ वटाको दुई सेटको १२ वटा बनाउँदै ४ हजार ८ सय ८४ रुपैयाँ बिल बनाएको रहेछ।
अर्थात् दुई सेटको ८१४ रुपैयाँ १६ पैसा हुनुपर्नेमा ४ हजार ७० रुपैयाँ ८० पैसा पो बढी बिल गरेको रहेछ । भोलिपल्ट त्यहाँको अफिसमा फोन गर्दा बिल र सामान लिएर आउनुस् भनियो। साँझतिर त्यहाँ पुग्दा गल्ती भएको स्वीकार गरे उनीहरुले। यहाँसम्म त ठीकै थियो। अचम्म त के लाग्यो भने उनीहरुको गल्तीको सिकार हामी उपभोक्ता हुनुपर्ने रे। गल्ती हो, स्वीकार पनि भइसक्यो। तर त्यो उनीहरुले बढी लिएको रकम फिर्ता भने दिन मिल्दैन रे। त्यति नै रकमको सामान अरु लिइदिनुस् न रे। लानुपर्ने जति सामान हिजै लगिसकियो, अब के लाने ? यसो भन्दा पनि भएन। उनीहरुको हिसाब मिल्दैन पो भन्न थाले।
त्यो हाम्रो समस्या हो ? गल्ती उनीहरुको भएपछि र त्यसलाई स्वीकार पनि सकेपछि फेरि ग्राहकलाई नै त्यो गल्तीको भार बोकाउनु पर्ने के खालको नियम तपाईँहरुको हो यो ? यस्तो नियमले तपाईँहरुप्रतिको विश्वास कायम रहन्छ भन्ने ठान्नुभएको छ ?

 

प्रतिक्रिया दिनुहोस