काठमाडौं । सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७/७८ मा १०३ जना र आव २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।
आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
डोटीमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
भारतका विभिन्न सहरबाट १४५ जनाको उद्धार
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार