३३ किलो सुन काण्डबारे आईजीपी खनालले मुख नखोल्ने

विहीबार, १४ असार २०७५, १७ : ४२
३३ किलो सुन काण्डबारे आईजीपी खनालले मुख नखोल्ने

फाईल फोटो

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो तस्करीका विषयमा केही नबोल्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेका उनले अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।
सुनकाण्डमा प्रहरी कर्मचारीहरुसमेत अनुसन्धानमा तानिएकाले आफ्नो चासो रहेको बताए । 
खनालले आफ्नो प्रगति विवरणमा जिल्ला प्रहरी कार्यालय मोरङले सुनकाण्डबारे अनुसन्धान गरी मुद्दा दर्ता गरेको पनि उल्लेख गरेका थिए ।

आईजीपी खनालले शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै प्रहरी संगठनलाई पनि संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

विशेष प्रहरी कार्यक्रम अन्तरगत लागू औषध नियन्त्रण र मानव बेचबिखनविरुद्ध अभियानलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस