चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, ०८ : ४४
चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

एजेन्सी । अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् ।

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो।  भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस