काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार कसको नेतृत्वमा बन्ने बारेमा मुख खोलेका छन ।
बिहीबार सुनसरी(४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताए । उनले भने,’कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नु हुनेछ।’
उनले मतदाताले आफूमाथि विश्वास गरेकोप्रति आभार व्यक्त गर्दै धन्यावाद दिए । मन्त्री कार्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, १४ : ५६
लेखकबाट थप