दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १४ : ५२
दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु

सप्तरी । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यू भएको छ । 

स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन्  । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।

दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस