कांग्रेस भातृ संगठनहरुको चितवनमा प्रदर्शन

बुधबार, १३ असार २०७५, १८ : ०२
कांग्रेस भातृ संगठनहरुको चितवनमा प्रदर्शन

चितवन । नेपाली कांग्रेस चितवनका भातृ संगठनहरुले आज बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना र विरोध प्रदर्शन गरेका छन् । नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ संग आवद्ध समुहहरु भरतपुरको केन्द्रिय बस टर्मिनलमा जम्मा भई र्यालि सहितको समूह जिल्ला प्रशासन कार्यालयमा आई धर्ना र विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

अहिलेको ओली सरकारले गरेको मूल्य वृद्धि, अदालतको अपहेलना, प्रेस माथिको हस्तक्षेप, सरकारको संवैधानिक निकायहरुमाथि शक्ति केन्द्रीत गर्ने निरंकुश चरित्रको विरुद्धमा धर्ना र विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको तरुण दल चितवनका कार्यवाहक अध्यक्ष निरञ्जन सुवेदीले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विभिन्न संघ संस्थाहरुले तयार पारेको ज्ञापन पत्र आज नै सम्मानिय प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस